११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले प्रहरीचौकी सारियो



अ+ अ-

हुम्ला । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

कात्तिक महिनाको मध्य महिनादेखि हुम्लामा चिसो बढ्ने भएका उत्तरी नाम्खा गाउँपालिकामा बढी चिसो हुने भएकाले प्रहरी चौकी सारिएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिनुभयो । जिल्ला सदरमुकामभन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्यधिक हुने गरेको छ । यतिबेला लिमीमा हिउँसमेत जमेकाले बिहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरीचौकी सारिने गरिन्छ ।

सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरीचौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिनुभयो । नेपाल र चीनको मुख्य नाका हिल्सा भएकाले त्यस नाकाबाट अवैध व्यापार आयातनिर्यात हुने भएकाले सीमा क्षेत्रमा राखिएको प्रहरीचौकी आउँदो मङ्सिर १५ गतेसम्म सारिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको माथिल्लो क्षेत्र लिमी, हिल्सामा अत्यधिक कठ्याङ्ग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा छ महिना सदरमुकाम सिमकोट र वैशाख महिनादेखि माथितिर जाने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिनुभयो ।

हिउँदको समयमा त्यस क्षेत्रमा राखिएका चौकीमा कार्यरत प्रहरीका लागि सेवा सुविधा नभएको र त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुनाभएकाले जिल्लामा नै सारिने गरिएको उहाँले जानकारी दिनुभयो । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल, जाङ, हल्जी, यारी, हिल्सालगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा बसाइँसराइ गर्ने गर्दछन् ।