११ असार २०८३, बिहीबार
,
Latest
मानसिक समस्याको मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनुभएको छ ।

पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताउनुभयो ।

‘‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन । महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।”

राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई विवेक पु¥याएर मतदान गरिराख्नुभएको छ । यही हो पार्टी जीवनको लोकतन्त्र ।”

मन्त्री डा तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाउनुभयो ।