२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्व नेपाल ब्याटिङमा



अ+ अ-

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालविरुद्द बंगलादेशले टस जितेको छ । बंगलादेशले समूह चरणको अन्तिम खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । र नेपाललाई ब्याटिङमा बोलाएको छ । नेपालले टिममा दुई परिवर्तन गरेको छ । ओपनिङमा ज्ञानेन्द्र मल्लसग कुशल भुर्तेल आएका छन् । शरद भेषवाकर, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी प्लेईङ सेटमा छन् ।

समुह ‘बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । नेपाल ढाकामा बिहिबार भएको पहिलो खेलमा भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो । बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद्व क्रिकेट खेल्न चाहन्छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन् ।