२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष स्थानमा रहँदै ईङ्ल्याण्ड युरोकपमा



अ+ अ-

शीर्ष स्थानमा रहँदै ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ । आईतबार राति समूह एको खेलमा कोसोभोलाई ४–० गोल अन्तरले ईङ्ल्याण्डले हराएको हो । खेलमा अग्रता ईङ्ल्याण्डले ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट लिएको थियो । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

ह्यारी केनले ७९ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए । उनको ईङ्ल्याण्डबाट गोल संख्या ३२ पुर्याएका छन् । त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले ईङ्ल्याण्डलाई ३–० को स्थिती पुर्याएका थिए । ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाए । सिनियर स्तरको खेलमा माउन्टको समेत पहिलो गोल हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै ईङ्ल्याण्डले छनोट प्रतियोगिताको अन्त्य गरेको हो । शीर्ष स्थानको ईङ्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।