२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमद्वारा सनको रातो कार्डमा अपिल



अ+ अ-

टोटेनहमले मिडफिल्डर सन ह्युङ मिनले पाएको रातो कार्डको बिषय अपिल गरेको छ । आईतबार प्रिमियर लिग फुटबलमा सनको ट्याकलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजलाई गम्भिर चोट लागेको थियो । खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया गरिएको छ । गुडसिन पार्कमा गोमेजलाई गम्भिर चोट लागेपछि सन निकै चिन्तित देखिएका थिए ।

सुरुमा पहेलो कार्ड हुँदै रातो कार्ड देखाएर सनलाई मैदान बाहिर रेफ्री मार्टिन एटकिनसनले पठाएका थिए । टिभीको रिप्लेमा हेर्दा सन अगाडीनै गेम्स सर्ज औरियरसंग ठोक्किन पुगेको देखिएको थियो । तर यस घटनामा टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्ना फरवार्डको गोमेजलाई घाईते बनाउने कुनै सोच नभएको बताएका छन् ।

उनले भने, ‘यो स्पष्ट छ कि समस्या सिर्जना गर्ने सनको कुनै मनसाय छैन । उनले रातो कार्ड खानु नसोचिएको बिषय हो।’ यदी अपिल असफल भएका सनले प्रिमियर लिगमा सेफिल्ड युनाईटेड, वेस्ट ह्याम र वर्नेमाउथविरुद्वको खेल गुमाउनेछन् ।