३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले निर्धारित समयअघि नै प्रतिवेदन बुझाइएको जानकारी दिएका छन् ।

भण्डारीका अनुसार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरिएको हो । उनले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सुझाव समेत दिएको बताएका छन् ।

स्रोतका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पृष्ठ समेटिएको छ । समितिले आरोपसँग सम्बन्धित विभिन्न पक्षसँग सोधपुछ गर्नुका साथै सम्पत्ति विवरण र अन्य कागजातको अध्ययन गरेर प्रतिवेदन तयार गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए ।

गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको थियो । साथै, सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सेयर स्वामित्व लुकाएको आरोपसमेत गुरुङमाथि लागेको थियो । आरोप सार्वजनिक भएपछि उनले वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।