२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई



अ+ अ-

काठमाडौँ। मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ ।

फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम हुनुभएको हो । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रो उपाधि हाँसिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । रासस