२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित



फाइल फोटो
अ+ अ-

उदयपुर। जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।

जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । अति बढी तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् । ब्याडमा धानको बीउ उम्रन नसक्ने अवस्था आएकामा आफूहरू चिन्तित बनेको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी बताउनुहुन्छ ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल भनुहुन्छ, “जेठ १ गते नै असार साउनमा रोपाइँका लागि धानको ब्याड राखेको, तर खडेरी बढेसँगै ब्याड नै चिरा पर्दै जान थालेका कारण धानको बीउ उम्रन नसक्ने अवस्था छ । कतै धानको बीउकै कारण असार अन्तिमदेखि साउनमा रोपाइँ गर्न समस्या हुने हो कि भन्ने चिन्ता लागेको छ ।”

त्रिनपा–३ भुल्केको दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि नै बढी गर्मीसँगै तातो र सुक्खा खडेरीले ब्याड नै चिरा पर्न थालेकाले यसपटक धानको बीउ उत्पादन गर्न समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता लाग्न बताउनुहुन्छ ।

भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांश सुक्खाले ब्याडमा चिरा पर्न थालेकाले बिउ उम्रन समस्या देखिएको अर्का किसान कृष्णप्रसाद फँुयाल बताउनुहुन्छ ।

यस्तै चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । अधिकांश किसानले धानको ब्याड भने वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र राख्ने गरेका छन् ।  रासस