२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उहाँले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उहाँको भनाइ छ ।

नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राख्नुभयो ।