२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसदहरू वेलबाट हटेर आफ्ना आसनमा फर्किएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा समय नपाएको भन्दै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले वेल घेराउ गरेका थिए। उनीहरूले सभामुखसमक्ष बोल्न समय माग गरेका थिए।

सभामुख डीपी अर्यालले समय माग नगरेको कारण देखाउँदै सुरुमा समय दिन अस्वीकार गरेका थिए। तर सांसदहरूको निरन्तर विरोधपछि उनले सिटमा बसेपछि समय दिने बताएका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू आ–आफ्नो सिटमा फर्किएका छन्। हाल अध्यक्ष हर्क साम्पाङले सभामा सम्बोधन गरिरहेका छन्।




भर्खरै