२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्भित्र प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै ती अभिव्यक्तिहरूलाई अभिलेखबाट हटाउन माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका केही शब्दहरू ‘अशिष्ट’ र ‘अपमानजनक’ भएको बताइन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) स्मरण गराउँदै अशिष्ट, अश्लील तथा मर्यादाहीन शब्द प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिन्।

बास्कोटाले ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता अभिव्यक्तिहरू संसद्को मर्यादा विपरीत भएको दाबी गर्दै ती शब्दहरू संसद्को अभिलेखबाट हटाउन सभामुखसँग आग्रह गरिन्।

उनले संसद् कुनै दल विशेषको नभई नागरिकको आवाज उठाउने साझा थलो भएको उल्लेख गर्दै मर्यादित बहस आवश्यक रहेको बताइन्।

यसैबीच, उनले सत्तापक्षका सांसदहरूलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दप्रति पनि आपत्ति जनाउँदै यस्ता अभिव्यक्तिले संसद्को गरिमा घटाउने टिप्पणी गरिन्।