काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित गर्न अग्रसर रहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएर नेपाल र नेपालीहरूलाई विभाजित बनाएको आरोपा लगाउनुभएको हो ।
उहाँले कालाापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको दोहो¥याउँदै ती क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न विपक्षी दलहरुले दिएको सुझावलाई प्रधानमन्त्री शाहले विषयान्तर गर्न खोजेको आरोप पनि लगाउनु भयो । उहाँले सिटिङ प्राइम मिनिस्टरले आफ्नो देशले छिमेकी मुलुकको भूभाग मिचेको छ भनेर अभिव्यक्ति दिन सक्छ ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल र नेपालीहरु अहिलेसम्म कहिल्यै पनि नेपालको सीमानाको सम्बन्धमा, नेपालको राष्ट्रियताको सम्बन्धमा र राष्ट्रिय स्वाभिमानको सम्बन्धमा अहिलेसम्म विभाजित भएका छैनौँ । यही जेठ १७ गते यही रोष्ट्रमबाट सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको भूअखण्डताको विरोधमा आपत्तिजनक अभिव्यक्ति दिनुभयो । ‘नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ’, एउटा सिटिङ प्राइम मिनिस्टरले यस्तो भन्नसक्छ ? कुनैपनि नेपालीले अहिलेसम्म भनेको छैन । सायद संसारका कुनैपनि सत्तासिन नेताहरुले यस्तो भनेको सुनेको छैन । काmापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो । हामी यो अतिक्रमित भूमि फिर्ता चाहान्छौँ । हामीले प्रधानमनत्रीज्यूलाई कुटनीतिक प्रयास गर्नुस् न प्रधानमन्त्रीज्यू भनेको हो । विषयान्तर गर्नुस् भनेको होइन । हामी डिफेन्सिभ भएका छौँ । हाम्रा कुटनीतिज्ञहरुले कुन हैसियतले कुरा गर्छन् अब ? कुन स्वाभिमानले उनीहरु प्रश्तुत हुन सक्छन् ? यसरी हुन्छ नेशोशिशन ? त्यसैले हामीले भनिरहेका छौँ, हाम्रो राष्ट्रियता र भूखण्डताको सम्बनधमा प्रधानमन्त्रीज्यूले बोलेका अभिव्यक्तिहरु यही रोष्ट्रममा आएर फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ र संसदको अभिलेखमा रहेको ती शब्दहरुलाई हटाइनुपर्छ ।’
उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुका साथै नागरिकसमक्ष माफी माग्नुपर्ने बताउनु भयो ।












