२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसिचको ह्याट्रिकमा चेल्सीले सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–२ गोल अन्तरले चेल्सीले पराजित गरेको हो । बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउनका लागी क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरेका हुन् । यस्तै विलियमले एक गोल थपेका थिए ।

घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए । खेलको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औं पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गरे दोस्रो अमेरिकन खेलाडी बनेका छन् ।

विलियमले खेलको ५८ औं मिनेटमा गोल गर्दा चेल्सी ४–० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरेका थिए । ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४–२ ले पराजित भयो । चेल्सीले १० खेलमा २० अंक जोड्दै लिगको चौथी स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बर्नली ११ औं स्थानमा पुगेको छ ।