१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मर्यादित पत्रकारिताबाट मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘सुर्खेतको पत्रकारिताको इतिहास नामक पुस्तकको बिमोचन, सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उहाँले सुसंस्कृत र समुन्नत समाज निर्माणमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

द्वन्द्वका समयमा पत्रकारले समाजलाई अतुलनीय योगदान दिएको उल्लेख गर्दै उहाँले अहिलेका पत्रकारले अशान्तिभित्र शान्ति र विकासमा सघाउने पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “पेसागत मर्यादालाई केन्द्रमा राखेर काम गर्नुहोस् । सरकार र राज्यको असल पहरेदार बनेर काम गर्दा त्यसले पेसालाई बलियो, विश्वसनीय र सुदृढ बनाउँछ ।” उहाँले संविधान र सङ्घीय व्यवस्थाविरुद्ध भएका गतिविधि र व्यवस्थाको संस्थागत विकासमा सहयोग पुग्नेगरी त्यसतर्फ कलम चलाउन आग्रह गर्नुभयो ।

राससकर्मी आचार्य र केसीसहित सात पत्रकार पुरस्कृत

राष्टिय समाचार समिति (रासस) कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा कार्यरत स्थानीय समाचारदाता सुरेश आचार्य र टेकराज केसी पुरस्कृत हुनुभएको छ ।

आचार्य स्वर्गीय नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार र केसी युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । त्यस्तै, कर्मसञ्चारकर्मी ईश्वरराज अधिकारी वर्ष पत्रकारिता, कान्तिपुरकर्मी तृप्ति शाही क्रियाशील पत्रकारिता, हिमालय टेलिभिजनकर्मी रमेश पाण्डे र रेडियोकर्मी करिश्मा चौधरी विकास तथा शान्ति पत्रकारिता र बाह्रखरीकर्मी विवशकुमार सेजुवाल खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्काबाट पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत सातै पत्रकारलाई मुख्यमन्त्री कँडेलले जनही रु पाँच–पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै, नेपाल पत्रकार महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष दुर्गा थापा, पूर्वउपाध्यक्ष माया थापा र रेडियोकर्मी डम्बरकुमारी आचार्यलाई जनही रु १०–१० हजार नगदसहित प्रेस स्वतन्त्रताबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा २०२७ सालमा प्रकाशित जुनकिरी पत्रिकाका सम्पादक जनकराज शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै, डेढ÷डेढ वर्ष पदावधि लिने सहमतिअनुसार महासङ्घ अध्यक्ष सुशीलराज शर्मालाई बिदाइ गर्दै मधुवन बिसीले अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।

सहसचिव नवीन सुवेदीलाई बिदाइ गर्दै गीता थापा र सदस्य अमर कार्कीलाई बिदाइ गर्दै मानबहादुर खड्काले पदीय जिम्मेवारी वहन गर्नुभएको छ । रासस