काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले शाहको जन्मोत्सव सम्बन्धी सूचना गलत भएको बताएको छ ।
बुधवार संवाद सचिवालयका सचिव फणिराज पाठक एक विज्ञप्ति जारी गर्दै पूर्वराजाको जन्मोत्सव सम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको जानकारी दिएका हुन् ।
उनले उक्त सूचना पूर्ण रूपमा गलत भएको स्पष्ट पारेका छन्। उनले संवाद सचिवालयबाट हाल कुनै पनि प्रकारको आधिकारिक सूचना जारी नगरिएको तथ्य सबैमा जानकारी गराइएको उल्लेख गरेका छन्।
सचिवालयले सामाजिक सञ्जालमा आधिकारिक स्रोतबिनाका यस्ता भ्रामक सूचनाप्रति सचेत रहन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।












