३ असार २०८३, बुधबार
,
Latest
समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घनासहित जनधनको क्षति कम भएको छ । रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएकामा चालु आर्थिक वर्षको अहिलेसम्म ४८ जनाको ज्यान गएको छ ।

सडक दुर्घना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले आज यहाँ आयोजित ट्राफिक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के जाँचसहित सडकको सुरक्षा व्यवस्था कडाइ गरेकाले सवारी व्यवस्थापनमा सुधार आएको बताउनुभयो ।

उहाँले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सचेतना र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यसहित अझ बढी खटिएर जनताको जीउधनको सुरक्षामा समर्पित हुन जिल्लास्थित सुरक्षा संयन्त्रको ध्यानाकर्षण गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले प्रहरी प्रशासनलाई छलेर जिल्लाको भित्री सडकमा हेल्मेट नलगाई दु्रत गतिमा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र लागू तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने परिपाटी अझै रहेकाले अपेक्षा गरेअनुसार परिणाम आउन नसकेको स्पष्ट गर्नुभयो ।

रौतहट जिल्लामा विभिन्न आठ वटा कार्यालयमा गरी अहिले ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै सरोकार भएका सबै पक्षसँगको सहयोग र सहकार्यमा ट्राफिक व्यवस्थापन गर्दै आएका छौँ । जिल्लामा भएका सडक दुर्घटनालाई विश्लेषण गर्दा विद्यार्थी तथा युवा पिँढी सचेत र सजग हुनुपर्ने देखिन्छ ।” रौतहट जिल्लाको विशेषगरी भित्री सडक तथा सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन गुड्नेक्रम अहिले पनि यथावत रहेकाले चुस्तदुरुस्त सवारी व्यवस्थापनमा केही समस्या रहेको प्रहरीले जनाएको छ ।




भर्खरै