३ असार २०८३, बुधबार
,
Latest
एल–निनो असरः भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी



अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । मन्त्री बादीले महिला विरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई पीडितले क्षतिपूर्ति पाउने हक सुनिश्चित गर्नेगरी लैंगिक हिंसा विरुद्धको एकीकृत कानून तर्जुंमा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

उहाँले महिला तथा बालबालिकामाथि हुने लैगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच कार्यक्रम १२ वटा स्थानीय तहमा आगामी आर्थिक वर्षमा संचालन गर्ने योजनाबारे पनि संसदलाई जानकारी गराउनु भयो ।

मन्त्री बादीले भन्नुभयो,‘मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया सुरु गरिसकिएको छ । यसका साथै आगामी आर्थिक वर्षमा नेपालको संविधान बमोजिम महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा प्रचलन वा अन्य कुनै आधारमा शारिरीक, मानसिक र यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण हुन नदिन तथा यस्तो कार्यलाई कानून बमोजिम दण्डनीय बनाई पीडितले क्षतिपूर्ति पाउने हक सुनिश्चित गर्ने गरी लैंगिक हिंसा विरुद्धको एकीकृत कानून तर्जुमा गरिनेछ । विश्व बैंकको अनुदान सहयोगमा महिला र बालबालिकामाथि हुने लैंगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि एकीकृत तथा बुहपक्षीय सेवा पहुँच बढाउने उद्देश्य बमोजिम लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि  एकीकृत सेवा पहुँच कार्यक्रम १२ वटा स्थानीय तहमा संचालन गरिनेछ ।’

मन्त्री बादीले महिला हिंसा रोक्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रममा जोड दिएको पनि स्मरण गराउनु भयो । –




भर्खरै