काठमाडौँ। प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८३ (बजेट) पारित भएको छ ।
सभाको बिहीवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । विधेयकलाई सभाले बहुमतले पारित गरेको हो ।
यसअघि प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ मा मन्त्रालयगत शिर्षकमा सांसदहरुले राखेका खर्च कटौतीका सबै प्रश्ताव अस्वीकृत भएका थिए । बैठकमा निर्णयार्थ प्रश्तुत भएका २० सांसदका खर्च कटौतीका प्रश्ताव अस्वीकृत भएका हुन् । –न्युज एजेन्सी नेपाल












