४ असार २०८३, बिहीबार
,
Latest
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा



अ+ अ-

काठमाडौँ।  सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुवास तामाङ समग्रमा १५–अण्डर २ सय १ सहित शिर्षस्थानमा उक्लन सफल भएका छन् ।

आज सुवाशले ७–अन्डर ६५ को स्कोर सहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन् ।

भुवनले आज १–अन्डर ७१ खेल्दा समग्रमा १४–अन्डर २ सय २ सहित दोस्रो स्थानमा तल झरे। शुक्र बहादुर राई र एमेच्योर सदभाव आचार्य समग्रमा १२–अन्डर २ सय ४ सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहे। शुक्रले ४–अन्डर ६८ र सदभावले १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए ।

साविक विजेता राहुल विश्वकर्मा समग्रमा १०–अन्डर २ सय ६ सहित पाँचौं स्थानमा रहेका छन् ।

उनले आज ४–अन्डर ६८ को स्कोर कार्ड तयार पारे। एमेच्योर तेन्जिङ छिरिङ समग्रमा ७–अन्डर २ सय ९ सहित छैटौं स्थानमा रहेका छन् ।

आज उनले २–अन्डर ७० मा खेल सकाए । समग्रमा ५–अन्डर २ सय ११ सहित एमेच्योर वाङचेन ढोन्डुप सातौं स्थानमा रहे। उनले आज २–अन्डर ७० खेले। १–अन्डर ७१ सहित समग्रमा २–अन्डर २ सय १४ स्कोरका साथ दिनेश प्रजापति आठौं स्थानमा छन्।

समग्रमा १–अन्डर २ सय १५ स्कोर बनाएका निरज तामाङ र सञ्जय लामा संयुक्तरुपमा नवौं स्थानमा रहे। निरजले १–अन्डर ७१ खेल्दा सञ्जयले १–ओभर ७३ मा खेल सकाए ।

सुबाशले बोगी रहित ७–अन्डरको उत्कृष्ट स्कोर बनाउने क्रममा फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि ११ औं, १२ औं र १७ औं होलमा एक–एक सट बचाउँदा ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।

भुवनले तेस्रो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ खेले । यसपछि १० औं र १८ औं होलमा बोगी प्रहार गरेका उनले १६ औं होलमा एक सट बचाए । ब्याक नाइन १–ओभर ३७ मा सकाए ।

शुक्रले तेस्रो, पाँचौं, छैटौं, सातौं र नवौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे। आठौं होलको बोगीले फ्रन्ट नाइन ४–अन्डर ३२ खेले । यसपछि ११ औं र १३ औं होलमा एक–एक सट खेर फाल्दा १२ औं र १४ औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

सदभावले पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे पनि चौथो र पाँचौं होलमा बोगी खेपे। आठौं होलको डबल बोगीले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गरे । यसपछि ११ औं होलमा इगलको सफलता प्राप्त गर्दा १३ औं र १८ औं होलमा बर्डी प्रहार गरे। १२ औं र १६ औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए ।

एमेच्योरतर्फ सदभाव सदभाव शिर्षस्थानमा छन् । उनले राहुललाई २ स्ट्रोकले पछि पारे। राहुल दोस्रो, तेन्जिङ तेस्रो र वाङचेन चौथो स्थानमा रहेका छन् । अन्तिम १८ होलको खेल भोलि हुनेछ। सिजनकै सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन् ।

दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिवार प्रो–एम प्रतियोगिता हुनेछ । –न्युज एजेन्सी नेपाल