५ असार २०८३, शुक्रबार
,
Latest
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा



अ+ अ-

काठमाडाैँ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिका अन्तर्गतका छ वटै वडामा रहेका ७८९ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पूरा गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

आँबुखैरेनी स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायका अनुसार पाँच वर्षमुनिका बालबालिका भएका घरधुरीमा सर्वेक्षण गरी खोप कार्डको आधारमा सबै खोप पूरा भए–नभएको सुनिश्चित गरिएको थियो। सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारमा बसोबास गर्ने चार भारतीय व्यापारीका छोराछोरीले आवश्यक खोप नलगाएको पाइएपछि उनीहरूलाई आँबुखैरेनी अस्पतालमा ल्याएर खोप लगाइएको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य शाखाका अनुसार फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागितामा घरधुरी सर्वेक्षण सम्पन्न गरिएको थियो।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा छ वटै वडाका वडाध्यक्ष तथा स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले बालबालिकामा हुने विभिन्न रोगको निवारण, उन्मूलन र रोकथामका लागि खोप अत्यन्त प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले खोप सुरक्षित र प्रभावकारी भएकै कारण बाल मृत्युदरमा उल्लेख्य कमी आएको उल्लेख गर्नुभयो।

अधिकारीका अनुसार तनहुँ जिल्लाका १० वटै स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् र यसबारे छिट्टै औपचारिक सार्वजनिक घोषणा गरिने तयारी भइरहेको छ। भौगोलिक विकटता र जनचेतनाको अभावका कारण कतिपय स्थानमा अझै बालबालिका खोपबाट वञ्चित हुन सक्ने भएकाले स्वास्थ्यकर्मीलाई थप सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।