काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज चितवनमा भव्य रूपमा उद्घाटन हुँदैछ।

भरतपुरस्थित उद्योग संघ चितवनको प्राङ्गणमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रअघि नेता तथा कार्यकर्ताको व्यवस्थापनलाई व्यवस्थित बनाउन पार्टी निकट स्वयंसेवक संगठन ‘र्याट’ तथा बाउन्सर परिचालन गरिएको छ।
महाधिवेशन स्थलमा सहभागीहरूको आवतजावत, प्रवेश व्यवस्थापन तथा कार्यक्रम सञ्चालनलाई सहज बनाउन उनीहरू खटिएका हुन्। यस्तै, कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ।
देशभरबाट आएका नेता, कार्यकर्ता, शुभेच्छुक तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने बताइएको छ।
न्यूजपोलार
७ असार २०८३, आईतवार १२:४६
न्यूजपोलार
७ असार २०८३, आईतवार १२:४६
७ असार २०८३, आईतवार १२:४६










