७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत भरतपुरमा आयोजित उद्घाटन सत्रमा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पुगेका छन् ।

रास्वपाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई निमन्त्रणा दिएको थियो । तर पार्टीको तर्फबाट उद्घाटन सत्रमा उपमहासचिव ज्ञवाली सहभागी भएका हुन् ।

यसैगरी, प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पनि दोस्रो तहका नेताहरू महाधिवेशनमा सहभागी भएका छन् ।

रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि भरतपुरमा औपचारिक रूपमा सुरु भएको हो। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।