काठमाडाैँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
दम रोगका कारण अस्वस्थ भई बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको थियो।
वि.सं. २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका अग्रज नेतामध्ये एक थिए। उनको निधनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको हो। कांग्रेसका नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूले त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।












