८ असार २०८३, सोमबार
,
Latest
फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा



अ+ अ-

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ कार्यसमिति चयनसमेत गर्दैछ। सोही सन्दर्भमा पोखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

‘पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप शक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ पोखरेलले आफ्नो फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिसमक्ष मत मागेका छन्।