८ असार २०८३, सोमबार
,
Latest
बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति



अ+ अ-

ताप्लेजुङ। गएराति वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्याएको छ ।

फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो ।

फक्ताङलुङ-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आउनुभएको थियो ।

पहिरोका कारण उहाँले निर्माण गर्नुभएको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित पशुचौपाया बगाएको छ । दुवै घर बसोबासका लागि असुरक्षित बनेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

दुवै घरका परिवार छिमेकीको घरमा गएर बस्ने तयारीमा छन् । त्यस्तै, सावाँ खोलामा आएको बाढीले धेरै किसानका अलैँची बगानमा क्षति पुर्याएको छ ।

गएराति परेको अविरल वर्षापछि खोलामा बाढी आएको थियो। यता, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जनाइएको छ । रासस