९ असार २०८३, मंगलवार
,
Latest
श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त ढंगले प्रश्तुत हुने निर्णय गरेको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ ।

उहाँले सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ ।

सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । यसले विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखि नेपाली समृद्ध नेपालको विरुद्धमा छ । त्यसकारण जुन प्रकारको सरकारको नीति, व्यवहार र कार्यशैली छ यसका विरुद्ध सदनमा पार्टीलाई दृढतापूर्वक प्रश्तुत हुने प्रश्ताव पारित गरेका छौँ ।’

सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासमेत प्रभावित भएको दाबी उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल