काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई २५–२५ हजार रुपैयाँ दिएर सेन्टर खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यस्तो कदम खेदजनक भएको बताएका हुन्। घरवास नभएका र आफन्तको सहारा समेत नभएका नागरिकहरूको पनि सरकारप्रति समान अधिकार र अपेक्षा रहने उल्लेख गर्दै उनले सरकारले उनीहरूको समस्या समाधानतर्फ ध्यान दिनुपर्ने बताएका छन्।
लिङ्देनले घरबारविहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्। उनका अनुसार अस्थायी रूपमा रकम दिएर हटाउनेभन्दा दीर्घकालीन र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्नु राज्यको दायित्व हो।
उनले सुकुम्बासी समस्याको स्थायी समाधान खोज्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।












