१० असार २०८३, बुधबार
,
Latest
ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट



अ+ अ-

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गरिएको छ। रिटमा कुनै ठोस प्रमाणबिना पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न आग्रह गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पौडेललाई हिरासतमा राखेको छ। यसैबीच, विशेष अदालतले मंगलबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

सर्वोच्च अदालतले उक्त रिटमाथिको सुनुवाइका लागि बिहीबार पेसी तोकेको छ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई कोहलपुर हुँदै सार्वजनिक सवारी साधनमार्फत रातारात काठमाडौं ल्याइएको जनाइएको छ।