२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी प्रिमियर लिग क्रिकेट हुने



अ+ अ-

डोटी । दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक संस्था नयाँ समाज नेपाले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । लिगको कूल पुरस्कार राशि रु दुई लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता विगतकै निरन्तरता रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका टोली सहभागी हुनसक्ने जानकारी दिनुभयो । प्रतियोगितामा १२ टोली सहभागी हुनसक्ने अपेक्षा गरिएको छ । प्रतियोगिता दिपायलको राजपुरस्थित खप्तड मैदानमा हुने भएको छ । शुरुआती खेलहरु लिगमा हुने र क्वार्टर फाइनपछि नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ ।