११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन



अ+ अ-

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गर्नुभयो ।

‘‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात रु १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको छ’’, उहाँले भन्नुभयो ।

कार्यालयले गत आवको ११ महिनामा भने रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रू दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।

पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वैशाखमा रु २१ अर्ब ७४ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ । गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।

चालु आवको ११ महिनामा यो नाका हुँदै रु ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।