१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइएको दाबी गर्नुभएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँ लोकतान्त्रिक शक्तिहरु मिल्न नदिन र  प्रतिक्रान्तीको बाटोमा मुलुकलाई अघि बढाउने उद्देश्यप्रेरित समूहहरुले नेकपा (एमाले)माथि समेत हाल्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । उहाँले नेकपा (एमाले) जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान बोकेको पार्टी भएको भन्दै आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत भएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भो, नेपाली काँग्रेस त फुट्यो । अरुलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिले पहिले पनि फुटाउने कोसिस भएको छ । पार्टीहरु फुटेका छन् । मुस्किलले एकता गर्यो, फुट्ने बेलामा चम्किदै फुट्छ । मुस्किलले एकता गर्यो सजिलोसँग फुट्छ, त्यो हामीले देखेका छौँ । यो कुरालाई हामीले सावधानीका साथ रोक्नुपर्ने छ आजको अवस्थामा । प्रयासहरु भएका छन् तर नेकपा (एमाले) यति मजवुत, यति सुदृढ पार्टी हो, जननेता मदन भण्डारीले उहाँको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने महान उद्देश्य बोकेको यो पार्टी आफ्ना उद्देश्यहरु प्रति अत्यन्तै सचेत र सजग छ । त्यसकारण यो कसैले हात हाल्न खोज्दैमा त्यस्ता बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरुलाई हामीले चिन्छौ, त्यस्ता कुराहरुलाई पराजित गर्छौँ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहने छ । सुदृढ छ, अझ सुदृढ हुनेछ ।’

उहाँले पार्टीभित्र कसैले हात हाल्न खोजे पराजित गर्ने क्षमता समेत पार्टीमा रहेको बताउनु भयो ।