१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ ।

वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालिएको हो ।

अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएका छन् भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिने छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका–२, महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको आरम्भ गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई तिनको संरक्षणमा जोड दिनुभयो ।

हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले संरक्षण अभियानलाई सफल बनाउनु सबै नागरिकको जिम्मेवारी भएको स्मरण गराउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउन सक्ने चेतावनी दिनुभयो । उहाँले वन तथा वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लमही नगरपालिकाका कार्यवाहक प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वृक्षरोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षरोपणलाई सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालले महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएका जानकारी दिनुभयो । रासस