१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आईतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले एमालेको एकता र सुदृढीकरणमा जोड दिनुभएको हो ।

अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त परिणामलाई एक ‘धक्का’ का रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफूहरु धक्काबाट उठेर प्रतिक्रियावादीहरुलाई पराजित गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले विध्वंशको बाटोबाट नभइ रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरु अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ नेकपा एमाले एकतावद्ध छ, एकतावद्ध रहनेछ, सुदृढ छ, अझ सुदृढ हुनेछ । अहिले चुनावमा हामीले धक्का खाएका छौं, यो धक्का हो तर हामी समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौं तर मरेका होइनौं । फेरि उठ्छौं हामी । फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं । यो कुनै लुकेको कुरो छैन । हामी विध्वंशको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौं, पश्चगामी, प्रतिगामी षडयन्त्रहरूलाई पराजित गर्दै धक्कालाई पराजित गर्दै फेरि धुलो टकटक्याउँदै उठ्छौं। हाम्रो विजय अवश्यम्भावी छ ।’

पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै उहाँले एमाले विध्वंशको बाटोमा नभई रचनात्मक र शान्तिपूर्ण ढंगले अग्रगामी परिवर्तनतर्फ केन्द्रित हुने बताउनु भयो । पश्चगामी र प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै एमालेको विजय सुनिश्चित रहेको उहाँको दाबी थियो ।