१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावले कारागारमा समस्या



अ+ अ-

तम्घास । गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो ।

कारागारमा बाँकी ८० प्रतिशत कर्मचारी नै छैनन् । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरीदार, एक सहलेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । तर अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लीकले बताउनुभयो ।

कारागार उद्यमशिलताका दृष्टीले समेत अब्बल भएकाले उनीहरुलाई आवश्यक सामग्रीहरुको उपलब्धता र बिक्री वितरणमा पनि कर्मचारी नभएका कारण मुस्किल परेको बताइएको छ ।

सीसी क्यामेरा जडान
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर गुल्मी कारागारमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । कारागार व्यवस्था विभागको सहयोगमा कारागारमा १० वटा क्यामेरा जडान गरिएको हो । कारागारको चौकिल्ला, प्रशासन र कैदीबन्दी बस्ने भवन तथा प्रमुख गेटमा क्यामेरा सेट गरिएको कारागाराका सूचना अधिकारी प्रभात मल्लीकले जानकारी दिए । विभागको साढे दुई लाखको लागतमा क्यामेरा जोडिएको हो । क्यामेरा जडानसँगै सुरक्षा र कारागार सञ्चालनमा सहजता आएको छ ।

अहिले कैदीबन्दीहरुको गतिविधिहरु कार्यालय प्रमुखले आफ्नै कोठाबाट नियाल्ने गरेका छन् । कार्यालयसँगै कैदीबन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सीसी टिभी क्यामेराले सहजता मिलेको मल्लीकले बताउनुभयो । अर्कोतर्फ क्षमताभन्दा तेब्बर बढि रहेका कैदीबन्दीहरुको व्यवस्थापनको चुनौतीमा समेत क्यामेराले सहयोग पुराएको छ । क्यामेराको कारण कैदीबन्दीहरुलाई पनि अनुशासनमा बस्न बाध्य बनाएको कैदी लेखनाथ गिरीले बताउनुभयो ।




भर्खरै