१० असार २०८३, बुधबार
,
Latest
वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत



अ+ अ-

काठमाडाैँ । कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६ हजार ७४ पर्यटक रहेका छन् ।

पाहुना प्रवेशबाट उक्त आवमा रु एक अर्ब ५२ लाख १६ हजार राजस्व प्राप्त भएको थियो । आव २०८१÷८२ को विवरणअनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा तीन लाख ४६ हजार ६४४, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई लाख ७८ हजार ११३, चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ४९ हजार ९५६ पर्यटक प्रवेश गरेका थिए ।

सबैभन्दा कम अपिनाम्पा संरक्षण क्षेत्रमा २२९ जना पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा चितवन, बर्दिया, लामटाङ, रारा, बाँके, सगरमाथा, शे–फोक्सुन्डो, शिवपुरी नागार्जुन, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, पर्सा र छायाँनाथ गरी १३ राष्ट्रिय निकुञ्ज रहेका छन् । त्यस्तै कुष्णसार, अपिनाम्पा, कञ्चनजङ्घा, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण गरी छ संरक्षण क्षेत्र तथा ढोरपाटन सिकार आरक्ष एवं कोशीटप्पु वन्यजन्तु आरक्ष रहेका छन् । संरक्षण क्षेत्रहरूले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ ।




भर्खरै