१५ असार २०८३, सोमबार
,
Latest
असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश



अ+ अ-

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पुनर्वासको उचित व्यवस्था नगरी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई बलजफ्ती हटाउने प्रयास नगर्न सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरेर बलप्रयोगका माध्यमबाट सुकुम्बासीलाई विस्थापित गरी पुनर्वास नभएसम्मका लागि विभिन्न होल्डिङ सेन्टरमा राखिएको स्मरण गराएका छन्।

श्रेष्ठले अहिले पुनर्वासको कुनै ठोस व्यवस्था नगरी ती होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई निकाल्ने सूचना, धम्की र चेतावनी दिइनु नितान्त गलत र गैरजिम्मेवार कदम भएको बताएका छन्।

उनले सुकुम्बासीका लागि वैज्ञानिक, मानवीय र दीर्घकालीन बसोबासको व्यवस्था यथाशीघ्र गर्न सरकारसँग माग गर्दै त्यस्तो व्यवस्था नभएसम्म होल्डिङ सेन्टरबाट बलजफ्ती हटाउने कार्य तत्काल रोक्न आग्रह गरेका छन्। यस्तो कार्य जारी रहे त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि श्रेष्ठले दिएका छन्।