१५ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने



अ+ अ-

काठमाडाैँ । अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिनुभएको छ ।

जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो । त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।

“समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ”, एक अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत जानकारी गराउनुभएको छ, “दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।”

अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन् । तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मङ्गलबार कतारमा पुनः सुरु हुनेछ । सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ । दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमला जारी रहेमा सैन्य कारबाही गर्ने पुरानो चेतावनीलाई पुनः दोहो¥याउनुभएको छ।

शनिबार उहाँले अमेरिका ‘बाध्य’ भएर युद्ध पुनः सुरु गर्नुपरेमा इरान अब ‘अस्तित्वमा रहने छैन’ भन्नुभएको थियो । पाकिस्तानले मध्यस्थता गरेको र युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सहमतिलाई उल्लङ्घन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए । आइतबार बिहान भएको पछिल्लो झडपमा अमेरिकी सेनाले ‘व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको’ भन्दै १० इरानी सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको थियो भने इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरमाथि आक्रमण गरेको थियो ।