१५ असार २०८३, सोमबार
,
Latest
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार



अ+ अ-

काबुल। अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लागूऔषध नियन्त्रण तथा जनचेतनासम्बन्धी एक कार्यक्रममा मन्त्रालयअन्तर्गतको राष्ट्रिय लागूऔषध लत उपचार कार्यक्रमका निर्देशक अल–हाफिज इनामुल्लाह अम्मरले ४५ हजारभन्दा बढी दुव्र्यसनीले उपचार सेवा प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब तीन लाख व्यक्ति लागूऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतनामूलक अभियानबाट लाभान्वित भएका छन् । ‘देशभर लागूऔषध नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउँदै उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध छ,’ अम्मरले भन्नुभयो ।

मन्त्रालयका उपचारात्मक औषधि महानिर्देशक वाहदत अलोकोजेका अनुसार हाल अफगानिस्तानभरका करिब ६७ अस्पतालबाट लागूऔषध दुव्र्यसनीको उपचार सेवा उपलब्ध गराइँदै आएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूको सैन्य उपस्थितिका क्रममा अफगानिस्तान विगत दुई दशकसम्म अफिम र हेरोइनको प्रमुख विश्व उत्पादकमध्ये एक बनेको थियो ।

त्यस अवधिमा लाखौँ व्यक्ति लागूऔषधको लतमा फसेका थिए, जसका कारण गरिब मुलुक अफगानिस्तानले अहिले पनि गम्भीर सार्वजनिक स्वास्थ्य तथा सामाजिक चुनौती सामना गरिरहेको छ । रासस