१० असार २०८३, बुधबार
,
Latest
होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनलाई ढकालले भने– वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई आज नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको छ भन्दा पनि हुन्छ ।

मलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गर्नुभएको छ, तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ– ढकालले भन्नुभयो । उहाँले नेपालमा गैर आवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुइओटा प्रोजेक्ट गरेको र जुन नेपाली उद्यमशिलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै रहेको उहाँले उल्लेख गर्नुभयो ।

यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै उहाँले थप्नुभयो– आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् । आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– हेर्नुहोस्, सोचेजस्तो त कहीँ पनि हुँदैन, अमेरिकामा नै पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा छन् । हाल तीन तहको सरकार बनेपछि त एक किसीमले भन्ने हो भने आफ्नो प्रदेशमा लगानी भित्र्याउन प्रतिश्पर्धा नै भएको आफूले पाएको भन्दै त्यहाँ लगानीको वातावरण बनाउने सुनिश्चितता सरकारले नै गरिरहेका छन् उहाँले भन्नुभयो ।

उहाँले संसारमा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालका सम्भावना भएका क्षेत्रहरु जस्तै जलविद्युत, पर्यटन, कृषि लगायतमा लगानी गर्न पनि सुझाव दिनुभयो । आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिने धारणा उहाँले राख्नुभयो । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको विशिष्ट प्रकारको ज्ञान र क्षमता आर्जन गरेकोले त्यसलाई आफ्नो मातृभूमिमै प्रयोग गर्न र त्यसबाट लाभान्वित हुन पनि उहाँले सुझाव दिनुभयो ।