२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा विदेशी पर्यटक बढे



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो ।

बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अन्तरराष्ट्रिय हवाई उडान विस्तारलगायतका कारणले विदेशी पर्यटक आगमन बढेको हो ।

बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरी एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मे मा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ पर्यटक नेपाल आएका छन् ।  रासस