२३ असार २०८३, मंगलवार
,
Latest
बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानमा थप आठ सदस्य मनोनयन गरेका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम सोमबार गरिएको मनोनयनअनुसार केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, अल्पसंख्यक ह्योल्मो समुदायसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. प्रेमध्वज लामा, सार्वजनिक नीतिमा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ मनोनीत भएका छन्।

त्यस्तै कृषि अभियन्ता तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले, एलजीबीटीक्यूआईए समुदायको प्रतिनिधित्व गर्ने अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईं, मास कम्युनिकेसनमा स्नातकोत्तर मोहन गजुरेल तथा मास कम्युनिकेसन र पत्रकारितामा स्नातकोत्तर अनुपा श्रेष्ठ प्रतिष्ठानको सदस्यमा मनोनीत भएका छन्।