२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) कि सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद बरालले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सुकुम्बासी जनता हुन कि होइनन ? उहाँहरुले बाँच्न पाउने कि नपाउने । र, उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरुले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हुन्छ कि हुन्न ? र, यी गरिवका आँशु धेरै महंगा हुनेछन । यस विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद बरालले प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई अपमान गरेर गैर जिम्मेवार व्यवहार प्रर्दशन गरिरहेको आरोप समेत लगाउनु भयो । –न्युज एजेन्सी नेपाल