२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली यू–१६ फुटबल टिम आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू–१६ फुटबल आज (मंगलबार) स्वदेश फर्कदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलि आज साँझ ६ः३० मा नेपाल आईपुग्ने छन् ।

समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो । छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १–१ को बराबरी खेलेको हो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो ।