९ असार २०८३, मंगलवार
,
Latest
‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति पुनस्र्थापना गृह को २६ औं साधारण सभा सम्पन्न



अ+ अ-

काठमाडौं । शान्ति पुनस्र्थापना गृह को २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव सम्पन्न भएको छ । संस्थाकी सस्थापक अध्यक्ष शान्ता सापकोटाको अध्यक्षतामा भब्यताका साथ सम्पन्न भएको हो ।

गोदावरी नगर पालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा गोदाबरी नगर नगरपालिकाकि उप प्रमुख मुना अधिकारी, मानव बेचबिखन विरुद्ध कृयाशिल ब्द्यऋ नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरे, महानगरीय परिसरकी उप प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द र जन अधिकार संरक्षण मञ्चका निर्देशक सतिस कुमार शर्माको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य र वार्षिक प्रतिबेदन संस्थाका सचिव इन्द्र राज भट्टराईले प्रतुतिकरण गरेका थिए । कार्यक्रममा अर्जुन ढकाल, सतिस शर्मा, दुर्गा सिंह चन्द, दुर्गा घिमिरे, गोदावरी नगरपालिकाको उप प्रमुख मुना अधिकारी ले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि ले शान्ति पुनस्र्थापना गृहसँग सहकार्य गरि काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

यस संस्थाका अध्यक्षज्यूले मानव बेचबिखन जस्तो मानवता विरोधि अभ्यासको अन्त्यका लागि शान्ति पुनस्र्थापना गृह स्थापना कालदेखि नै विभिन्न क्रियाकलाप मार्फत क्रियाशिल रहेका जानकारी दिए । विगत २५ वर्षको इतिहासलाई हेर्दा यस संस्थाले मानव बेचबिखनमा परी विभिन्न खाले जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धार, परामर्श, सहयोग तथा पुनस्र्थापना गर्ने कार्य गर्दै आएको छ ।

गत वर्ष २०७५/०७६ मा यस संस्थाले जम्मा ५८९९ महिला तथा बालकालिकाहरुलाई मानव बेचबिखन तथा सुरक्षित आप्रावासनबारेमा जानकारी प्रदान गरेको छ । त्यस्तै ३२२ महिला तथा बालिकाहरु मानव बेचबिखनको जोखिमबाट उद्धार गरी सम्बन्धित परिवारमा पुनस्र्थापना गरिएको छ । उक्त अवधिमा नेपाल प्रहरी मार्फत ८ वटा मुद्दा दर्ता भएको र उक्त मुद्दाहरु अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

कार्यक्रममा नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेलाई विशेष सम्मान, भारतबाट प्रकाशित हुने राष्ट्रिय शाहरा दैनिकका ब्यूरो चिफ अजय प्रताप गुप्ता र मानव बेचबिखन विरुद्ध लामो समय देखि कलम चलाउने कपिलवस्तुका पत्रकार सिताराम चौधरी, उत्कृष्ट कर्मचारी दिपक के.सी., सुनिता के.सी. र लक्ष्मी चौधरी लाई सम्मन गरिएको थियो । उक्त समारोह को कार्यक्रम कमला पन्थीले सन्चालन गरेका थिए ।