९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड राजश्व सङ्कलन



अ+ अ-

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५/७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो ।

साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी जम्मा तीन हजार ३६९ ले राहदानी बनाएका छन् । यसमा द्रुत सिफारिसतर्फ महिलाले ५११ र पुरुषले दुई हजार २२९ गरी जम्मा तीन हजार ३६९ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै हराएको बिग्रिएको २७५ जनाको रहेको थियो ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबापत पाँच लाख ७५ हजार ९१८, संस्था दर्ता तथा नवीकरणबाट दुई लाख नौ हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट ५७ हजार, आकस्मिक लाभकरबाट चार हजार ३६३ गरी कूल रु दुई करोड चार लाख ७५ हजार ७६६ राजश्व सङ्कलन भएको छ ।