९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिगः अग्रता जोगाउँन नसक्दा आर्सनल बराबरीमा रोकियो



अ+ अ-

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–२ गोलको बराबरीमा रोकिएको छ । वाट्फोर्डको मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङले दुई गोल गर्दा । वाट्फोर्डका टम क्लेभर्ली र रोबर्टो पेरेयाराले एक एक गोल गरेका थिए । आबुमियाङले खेलको २१ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा आबुमियाङले नै पुनः व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–० को अग्रता पनि दिलाए ।तर, दोस्रो हाफमा वाट्फोर्डको लागी खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २–१ मा पुर्याए ।

तर रोबर्टोले खेलको ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हार हुनबाट जोगाइदिए । वाट्फोर्डले ५ खेलमा २ अंक जोडेको छ । पुछारको वाट्फोर्डको यो दोस्रो बराबरी हो ।

बराबरीको खेलसंगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलले ५ खेलबाट ८ अंक जोडेको छ र लिगको सातौं स्थानमा रहेको छ ।