९ असार २०८३, मंगलवार
,
Latest
एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणि थापाकाे उद्धाेष ‘सरकारको नेतृत्व ओलीले र पार्टीको एकल नेतृत्व प्रचण्डले गर्नुहुन्छ’



अ+ अ-

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा भएकाे साक्षात्कारमा बोल्दै उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुनेपनि बताए । उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुति गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने, ‘जनताले आफूले भनेजस्तो अनुभूति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

अब युवालाइ मन्त्री बनाउनुकाे विकल्प छैन

सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवालाई मन्त्री बनाउने पनि थापाले जनाए ।
उनले भने, ‘जनतासामू सर्भिस डेलिभरी प्रभावकारी रुपमा हुनुपर्छ । त्यसको लागि मन्त्रिमण्डल पुनर्गठन गरेर पनि अघि बढ्नुपर्छ । पार्टीभित्र त्यो विषयमा पनि छलफल भैरहेको छ । केही मन्त्रीहरुको विरोध भएको छ । उनीहरुलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र अब प्रमुख कामकाे रुपमा यो विषयमा पनि छलफल हुनेछ ।’