२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरा मार्न नसक्ने सरकारलाई राष्ट्रिय संकट घोषणा गर्न कांग्रेस माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको छ।

देशभर डेंगुका रोगीको संख्या बढेको भन्दै नियन्त्रण गर्न सरकारले राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको हो।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय संकट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो।

डेंगु फैलने क्रमलाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले ६१ जिल्लामा फैलिएको रोग राष्ट्रिय महामारी नै भएको बताउनुभयो।

सांसद अधिकारीले भन्नुभयो– ‘स्वास्थ्यको संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? कति मान्छे मरेपछि यसले महामारीको रूप लिन्छ ?’

‘सरकार कहाँ छ के गर्दै छ ? यसको महामारी रोक्न सरकारले के गर्दै छ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ?

उहाँले भन्नुभयो। डेंगु रोग परीक्षणको नाममा निजी अस्पतालहरूले चर्को शुल्क असुलिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै परीक्षण शुल्क तोक्न पनि सरकारसँग माग गर्नुभयो।

सत्तारुढ दल नेकपाका सांसद कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेंगु रोगको नियन्त्रणमा तत्परता देखाउन सरकारले विशेष अभियान थाल्नुपर्ने बताउनुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।