९ असार २०८३, मंगलवार
,
Latest
महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेबि संघद्वारा त्रिभुवन बिश्वबिद्धालय परिसरमा बिरुवा रोपेर विपि जन्म जयन्ती मनाईयो



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले बिपिको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपि कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे ।

कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो। सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए ।

अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल बिध्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र,अखिल बैध्यका महासचिब पेशल दहाल,अखिल (गोपाल किराती) महासचिब सुन्दर रायमाझी,समाजबादी बिध्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओलि नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघा पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।