२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारमा जबर्जस्ती करणीका कैदी धेरै



अ+ अ-

काठमाडौं । नख्खु कारागारमा जबर्जस्ती करणी गर्ने कैदी धेरै रहेको पाइएको छ । पाँच सय ६२ कैदीबन्दीमध्ये एक सय ४० जबर्जस्ती करणीसम्बन्धी अपराधको सजाय भोगिरहेका छन् । जबर्जस्ती करणी अपराधमा एक सय ३१ जना नेपाली र ९ जना विदेशी कैदी छन् ।

जबर्जस्ती करणीपछि कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, चोरी मुद्दाका कैदीबन्दी रहेका छन् । कर्तव्य ज्यानमा ९० स्वदेशी र ६ जना विदेशी, लागुऔषधमा ७३ स्वदेशी र ३३ जना विदेशी, चोरीमा ३६ स्वदेशी र एकजना विदेशी नख्खु कारागारमा छन् । बैंकिङ कसुरमा ३१ स्वदेशी र २ जना विदेशी, अपहरणमा १६ स्वदेशी र ३ विदेशी र ठगीमा २३ स्वदेशी कैदी छन् ।

चेतनाको स्तर वृद्धि, वैदेशिक रोजगारी, कानुनमा सहज पहुँच, विवाहइतर सम्बन्ध, नैतिकताको कमी, सामाजिक सहिष्णुतामा कमीलगायतका कारणले जबर्जस्ती करणीको अपराध बढेको सूचना अधिकारी कमलप्रसाद पाण्डेले बताए । उनले भने, ‘पहिला पनि बलात्कारका घटना हुन्थे, तर रिपोर्ट हुँदैनथ्यो ।

अहिले मानिसमा चेतनको स्तर बढेको छ । त्यसैले, प्रहरीमा रिपोर्ट हुन्छ । विवाहइतर सम्बन्ध, नैतिकताको कमी, सामाजिक सहिष्णुतामा कमीलगायतका कारणले जबर्जस्ती करणीको अपराध धेरै भएको देखिन्छ ।’

थुनुवा भने लागुऔषधका धेरै

नख्खु कारागारमा थुनुवा भने लागुऔषधसम्बन्धी मुद्दाका धेरै छन् । दुई सय ४४ स्वदेशी र ११ विदेशी थुनुवा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागारको अभिलेखअनुसार कैदीबन्दी र थुनुवा गरी १४ सय ४६ व्यक्ति कारागारमा छन् ।

आठ सय ८४ थुनुवा मात्र छन् । एक सय २७ स्वदेशी र दुई विदेशी थुनुवा जबर्जस्ती करणी मुद्दा, कर्तव्य ज्यान मुद्दाका ९५ स्वदेशी र १ विदेशी, डाका मुद्दाका ६३ स्वदेशी र सात विदेशी, बौंकिङ कसुरका ३१ स्वदेशी र पाँच विदेशी, ठगीका ४२ स्वदेशी र तीन विदेशी थुनुवा छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।